Sun. Jun 16th, 2019

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सबैको जानकारीको लागी, एक पटक अवश्य सेयर गरौं

भदौ १६, रुपन्देही । रुपन्देहीको बुटवलमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल मिलनचोकमा भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट पाल्पाको तानसेन ६ का २७ वर्षका रुकबहादुर थापाको मृत्यु भएको हो ।

बा ६४ प ६३८४ नम्बरको मोटरसाइकलमा सवार थापालाई लु १ ख ९८७२ नम्बरको ट्रकले ठक्करदिएपछि विपरित दिशाबाट आएको भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिएको हो ।

ठक्करपछि गम्भीर घाइते भएका थापाको उपचारको क्रममा लुम्विनी अञ्चल अस्पताल बुटवलमा ज्यान गएको प्रहरीले बताएको छ ।

सबैको जानकारीको लागी, एक पटक अवश्य सेयर गरौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

44 visitors online now
27 guests, 17 bots, 0 members