Sun. Jun 16th, 2019

दुवै किडनी फेल भएका ख्यातिप्राप्त गायक ओमविक्रम विष्टलाई यसरी गरियो सहयोग

सबैको जानकारीको लागी, एक पटक अवश्य सेयर गरौं

हाल अमेरिकामा दुवै किडनी फेल भएर उपचार्थ रहेका ख्यातिप्राप्त गायक ओमविक्रम विष्टको सहयोगार्थ नेपालमा भएको कार्यक्रमको सहयोग रकम हस्तान्तरण गरिएको छ।

रिभेल इभेन्टस् र इभेन्ट म्यानेजमेन्ट बिग नाइट इभेन्टस्को आयोजनामा मिति २०७४ साल चैत्र २४ गते काठमाडौको टुंडिखेलमा खुल्ला रुपमा आयोजना गरिएको सहयोग कार्यक्रमवाट उठेको रकम हस्तान्तरण भएको हो।

ललितपुरको कुमारीपाटी स्थित  टि बर्गरमा आयोजित कार्यक्रममा रिभेल इभेन्टका अध्यक्ष राजेश हमाल, उपाध्यक्ष समिर हमाल र बिग नाइट इभेन्टका अध्यक्ष कुबेर कार्कीले संयुक्त रुपमा गायक विष्टका सुपुत्र शिखरविक्रम विष्टलाई सहयोग हस्तान्तरण  गरेका छन  ।

संकलित सहयोग रकम नगद ५ लाख १० हजार हस्तान्तरण गरेको जानकारी आयोजक रिभेल इभेन्टका अध्यक्ष गायक राजेश हमालले बताएका छन्।रिभेल इभेन्टमा अमेरिकामा रहेकी चर्चित मोडल ऐटना कार्कीको पनि सहयोग र सहभागिता रहेको पनि गायक  हमालले  बताएका  छन्।

सबैको जानकारीको लागी, एक पटक अवश्य सेयर गरौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

43 visitors online now
27 guests, 16 bots, 0 members