Thu. May 23rd, 2019

देश जोगाउन सुस्ताका किसान भारत संग यसरि लड्दैछन

सबैको जानकारीको लागी, एक पटक अवश्य सेयर गरौं

रबिन्द्र यादव / नवलपरासी पश्चिम

नवलपरासी, असार

नवलपरासीको सुस्ता गाउँपालिका वार्ड न २ गुदरियाका बासिन्दाहरुले भारतीय गण्डक पश्चिमी नहरको डिल गैराती पुनः  भत्काएका छ्न । आईतवार देखि लगातार परेको अविरल बर्षाले सुस्ता गाउँपालिका वार्ड न २ को लगभग २०० सय बिगाहा खेतीयोग्य जमिन डुबानमा परेपछि पानीको कुनै निकास देखिएको कारणले स्थानीय किसान र बासिन्दाहरुले भारतीय गण्डक पश्चिमी नहर भत्काएको स्थानीय किसान दिपेन्द्र कुर्मीले बताए ।

पानीको निकासको लागि पटकपटक सिचाइ डिभिजन कार्यलय सेमरी लाई अाग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको र अहिले धान रोपाइँ गरेको सयौं बिगाहा जग्गा डुबानमा परि धानबाली नै नष्ट भएपछि बाध फुटाउनु पर्ने बाध्यता अाइपरेको उहाँले बताउनु भयो । गत वर्ष पनि करिब तिनसय बिगाहा मा लगाईएको धानबाली डुबेर नस्ट भएको र अहिले सम्म क्षेतिपुर्ति नपाएको किसानको अारोप छ। सुस्ता गाउँपालिका वडा नं २ का अध्यक्ष कृष्णलाल मुखिया ले गाउपालिकाको तर्फबाट पनि क्षेतिपुर्तिको लागि माग गरिएको भएपनि अहिले सम्म केही प्राप्त नभएको बताए ।
भारतले अाफ्नो सम्झौता अनुसार साईफनहरु सफा नगरेपछि हरेक बर्ष डुबानको समस्या भोग्नुपरेको देखिन्छ । गत बर्ष पनि बाढी पिडित किसानले भारतीय गण्डक पश्चिमी मुल नहर सुस्ताका स्थानीयले भत्काएका थिए । अहिले स्थानिय र भारतीय गण्डक पश्चिमी नहरका कर्मचारी बिच छलफल भइरहेको स्रोतले जनाएको छ । साइफन सफा गराउन नेपाल सरकारले भारतीय पक्षलाई दबाब नदिए सम्म यस्ता समस्या हरेक बर्ष सुस्ता बासीले भोग्नु पर्ने देखिएको छ ।

सबैको जानकारीको लागी, एक पटक अवश्य सेयर गरौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 visitors online now
0 guests, 10 bots, 0 members