भिस्तास हिमालय र इटालियन नागरिकले यसरि लगाए भूकम्प पिडित लाइ मलम

काठमाडौं,

भूकम्पका कारण धेरैले गास बास तथा रोजगार समेत गुमाउनु पर्यो । अझै सम्म पनि भूकम्प पिडित हरुले  भूकम्पको क्षति बाट छुटकारा पाउन सकेका छैनन । यसको असर स्कुल जाने स साना बालबालिका हरुलाई समेत पर्यो  । भूकम्पका कारण धेरै बिद्यालयहरु क्षतिग्रस्त बन्न पुगे । अधिकांश बिधालय हरु पुनर्निर्माण  हुन नसक्दा बालबालिकाहरु उचित शिक्षा  प्राप्त गर्न बाट बन्चित हुन पुगेका छन् ।

यसै सन्दर्भमा इटालियन नागरिक हरु मारियो रोमुआल्डी र सेबास्टीयन रोमुआल्डी  भूकम्पको अवलोकन गर्न नेपाल आए र उनि हरुले भिस्तास हिमालय टुर्स एंड ट्राभल्स प्रालिका संचालक श्री हरि सुबेदी सग  भूकम्पले क्षति पुर्याएका ठाउँहरु सम्म पुर्याई दिन अनुरोध गरे । श्री हरि सुबेदीले ति दुइ इटालियन नागरिकहरु लाइ   काठमाडौँ उपत्यका भित्रका भूकम्पले  क्षति पुर्याएका स्कुलका भवन हरु अवलोकन गराए ।

अवलोकन गर्ने क्रममा जब उनीहरु काठमाडौँ उपत्यका भित्रकै ललितपुर भंज्याग स्थित  बालकुमारी आधारभूत बिद्यालयमा पुगे,  त्यहाको यथार्थता देखेर  निकै भाबुक बने । जुन समयमा इटालियन  नागरिकक साथ सुबेदी  बालकुमारी आधारभूत बिद्यालयमा पुगेका थिए । त्यस समयमा स्कुल को अवश्था  एकदमै दयनीय  थियो भूकम्पले भौतिक संरचना ध्वस्त नै परेको थियो ।

बिधार्थी हरु  खुला ठाउमा पढन बाध्य थिए ।  यति सम्म कि अलिकति बचेका भौतिक संरचनाको  एउटा कक्षामा दुइ तहका बिधार्थी समेत राखेर पढाउन शिक्षक हरु बध्य थिए ।  त्यहाको स्थिति देखे पछि उनि हरुले स्कुलका प्रधनाद्यापक लाइ भेटेर स्कुलको अवस्थाको   बारेमा अझ जानकारी लिने प्रयाश गरेका थिए । यसै  सन्दर्भमा   स्कुलको अवस्था दयनीय भएको कारण पुनर्निर्माण गर्न सहयोग गर्नका  लागि  बालकुमारी आधारभूत बिद्यालयका प्रधनाद्यापक हरि कृष्णा थापाले  अनुरोध गरेका थिए  ।

त्यस लगत्तै श्री हरि सुबेदी , मारियो रोमुआल्डी र सेबास्टीयन रोमुआल्डीले बिद्यालयको पुनर्निर्माण गर्न सहयोग गर्ने ईच्छा ब्यक्त्त्त गरे र रि कन्ट्रक्सन अफ स्कुल तथा जिन्क ट्रस्ट को सहायतामा श्री हरि सुबेदी , भरियो रोमाल्दी र सोमस्तिनो रोमाल्दी र   बालकुमारी आधारभूत बिद्यालयको संयुत्त प्रयासमा  असार २९ गते भानु जयन्तिको दिन बिद्यालयको पुनर्निर्माण सम्पन्न गरेर हस्तान्तरण गरि सकेका छन ।  

उनि हरुले  ईच्छा सक्ति र लगाब भयो भने भूकम्पको क्षतिलाइ  कम समयमा  गुणस्तरीय तरिकाले सम्पन्न गर्न सकिने उदाहरण पनि प्रस्तुत गरेका  छन । सम्बन्धित  निकायले यस काम बाट पनि    पाठ सिकेर भूकम्पको क्षतिलाइ कम समयमा पुनर्निर्माण    गरि  सम्पन्न गर्नु पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 visitors online now
7 guests, 7 bots, 0 members