Thu. May 23rd, 2019

सशस्त्रका एआइजीसँग आठ र अनुसन्धानका प्रमुखसँग पाँच गाडी, श्रीमती र छोरीलाई पनि गाडी

सबैको जानकारीको लागी, एक पटक अवश्य सेयर गरौं

काठमाडौं १५ पुस । सशस्त्र प्रहरीका एआइजी शैलेन्द्र खनालले राज्यकोषबाट किनेका ८ गाडी प्रयोग गर्दै आएका छन् ।उनले बा.२ झ ११७४, बा.१ झ ६०९१, बा. झ ८२६६, बा. २ झ ३६८, बा. २ झ ११७१, बा. २ झ २३९१, बा. १ झ ६६१३ र बा. १ झ ९१४३ नम्बरको गाडी प्रयोग गर्छन् । यी सबै गाडीमा इन्धन, मर्मत, चालक खर्च सरकारले व्यहोर्दै आएको छ ।

त्यस्तै राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दिलीपराज रेग्मीले राज्यकोषबाट किनिएका पाँच गाडी प्रयोग गर्दै आएका छन् । बा. १ च ३२०९, बा. ५ च २२६४, बा. ८ च ७१९०, बा. १० च ३९२० र बा. ७ च १८४८ नम्बरका गाडी रेग्मीले भोगचलन गर्दै आएका छन् ।

यी मध्ये बा. १० च ३९२० नम्बरको उनकी छोरी र बा. ७ च १८४८ नम्बरको श्रीमतीले चढ्दै आएकी छिन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

सबैको जानकारीको लागी, एक पटक अवश्य सेयर गरौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 visitors online now
0 guests, 11 bots, 0 members