प्रतापपुर अध्यक्ष भलिबल प्रतियोगिता फागुन २ गते देखि सुरु हुने ।

रबिन्द्र यादव/नवलपरासी पश्चिम २६ माघ प्रतापपुर गाऊपालिकाको आयोजनामा यहि फागुन २ गते देखि ४ गते सम्म प्रथम अध्यक्षकप खुल्ला राष्ट्रिय भलिवल प्रतियोगिता हुने भएको छ । प्रतापपुर गाऊपालिकाले शनिवार पत्रकार सम्मेलनको आयोजना गरेर उक्त जानकारी गराएको हो ।

खुल्ला राष्ट्रिय भलिवल प्रतियोगितामा नेपालको आर्मी क्लव, पुलिस क्लव लगाएत राष्ट्रिय स्तरका क्लवहरु सहित नवलपरासी र छिमेकि देश भारतको एक टिमको पनि सहभागिता रहने गरी प्रतियोगिताको आयोजना गरीएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । गाऊपालिका अध्यक्ष राज कुमार शर्माको अध्यक्षतामा भएको उक्त पत्रकार सम्मेलनमा प्रतियोगिता सम्पन्न् गर्न ५ लाख खर्च लाग्ने अनुमान गरीएको बताईएको छ ।

प्रतियोगितामा प्रर्थम हुनेले १ लाख ११ हजार १ सय ११ दिघिय हुनेले ५१ हजार १ सय १ रुपैया र तृतिय हुनेले २५ हजार १ सय १ रुपैया प्राप्त गर्ने आयोजकले जानकारी गराएको थियो ।

प्रतियोगिता सम्पन्न् गर्नका लागि राष्ट्रिय भलिवल संघ संग सहकार्य गरेर अनुमति लिएसंगै शुरु गरीएको उक्त प्रथम अध्यक्षकप खुल्ला राष्ट्रिय भलिवल प्रतियोगिता सम्पन्न गर्न ४ जना रेफ्रीको ब्यवस्था समेत गरीएको अध्यक्ष राजकुमार शर्माले जानकारी दिनुभयो । त्यसैगरी उक्त भलिबल खेलकुद प्रतियोगिताको संयोजक हवेन्द्र कुमार पंजियार (मनोज) रहेका छन् ।

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 visitors online now
3 guests, 14 bots, 0 members