ग्रामीण साकोसद्धारा रक्तदान कार्यक्रम सम्पन्न ,२५ औ रजत वर्ष भव्यताका साथ मनाईने ।

माघ २८ , बर्दघाट नवलपरासी पश्चिम नवलपरासीको बर्दघाटमा अवस्थित प्रदेश नं ५ को उत्कृष्ठ सहकारी संस्था ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो २५ औं रजत जयन्तिको अवसरमा ३ दिने कार्यक्रम गर्ने भएको छ । जस अन्तर्गत गा्रमीण साकोसले जहदा स्थित मिरमिरे सेवा केन्द्रमा आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष रविन्द्र विक्रम हमालको अध्यक्षता तथा बर्दघाट वडा नंम्बर १२ का वडा अध्यक्ष मान बहादुर मल्लको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा २२ जनाले रक्तदान गर्नुभएको थियो । ग्रामीण साकोसको आयोजना तथा नेपाल रेडक्रस सोसाइटि बुद्ध मंगल उपशाखाको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको संस्थाका व्यवस्थापक अनन्त पाण्डेले जानकारी दिनुभएको छ ।

संस्थाले आफनो रजत वर्ष अन्तर्गत माघ २८ गते मिरमिरे सेवाकेन्द्रमा रक्तदान ,माघ २९ गते स्वर्णिम सेवा केन्द्रमा मा.वि स्तिरिय वकतृत्वकला र फाल्गुन १ गते बर्दघाट पुरानो चौकी भएको स्थानमा राष्ट्रिय कालाकार सहितको सांस्कृतीक कार्यक्रम गर्ने भएको छ । रजत जयन्ति समापनका दिन फाल्गुन १ गते प्रदेश नम्बर ५ की कृषि तथा सहकारी मन्त्री आरती पौडेल प्रमुख अतिथि रहनुहुने छ भने कार्यक्रममा राष्टिय कलाकार पशुपति शर्मा आउने सांस्कृतीक कार्यक्रमका संयोजक देवीदत्त सापकोटाले जानकारी दिनुभएको छ ।

पाँच पटक सम्म निरन्तर प्रोब्यासन ब्राण्ड प्राप्त गर्न सफल ग्रामीण साकोस अब एशियालीस्तरको ब्राण्ड प्राप्त गर्ने प्रक्रियामा रहेको व्यवस्थापक अनन्त पाण्डेले बताउनुभएको छ ।

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 visitors online now
4 guests, 12 bots, 0 members