हिरो गोल्डकप : फुटबल प्रतियोगितामा नेपालको जित

काठमाडौं । भारतको उडिसामा भैरहेको हिरो गोल्डकप फुटबल प्रतियोगिता अन्तरर्गत नेपालले भारतलाई पराजित गरेको छ । भुवनेश्वरको कालिङ्गा रंगशालामा भएको खेलमा नेपालले भारतलाई २१ गोलले पराजित गरेको हो । खेल सुरु भएको पाँचौ मिनेटमै नेपालका लागि सावित्रा भण्डारीले गोल गर्दै अग्रता दिलाएकी थिइन् । त्यसको एक मिनेटमै फेरि नेपाली खेलाडीले प्रहार गरेको बललाई भारतीय गोलकीपर अदिती चौहानले नै जाली चुमाइन् ।

उपहार गोलमार्फत नेपालले अग्रता दोब्बर बनाएको थियो । खेलको ८४ औँ मिनेटमा भारतका लागि रत्नाबाला देवीले फ्रीकिकमार्फत गोल गरिन् । पहिलो खेलमा म्यानमारसँग तीन शून्यले पराजित भएको नेपाल विजय लक्ष्यका साथ मैदान उत्रिएको थियो । जितसँगै म्यानमारले तालिकामा तीन अंक जोडेको थियो भने पराजित नेपाल अंकविहीन थियो ।

आजको खेलमा जित हात पारेसँगै नेपालको उपाधि होड कायमै छ । आउँदो बुधबार नेपालले इरानसँग खेल्नेछ । प्रतियोगितामा आयोजक भारतसहित नेपाल, म्यानमार र इरान रहेका छन् । साफ र ओलम्पिक छनोटको तयारीस्वरुप भारतले प्रतियोगिताको आयोजना गरेको हो ।

उज्यालो अनलाइन बाट

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 visitors online now
2 guests, 9 bots, 0 members