आजको लागि बिदेशी मुद्राको विनिमयदर यस्तो छ (सुचिसहित)

फागुन १७, काठमाण्डौ | साताको अन्तिम दिन आज अमेरिकी डलरसहित सबै विदशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४६ पैसा तोकेको छ । बिहीबार खरिददर ११३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११४ रुपैयाँ २६ पैसा तोकेको थियो । 

यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ०९ पैसा र बिक्रीदर ३० रुपैयाँ २५ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा थियो । आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ र बिक्रीदर ३१ रुपैयाँ १६ पैसा तोकिएको छ । हिजो खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा थियो।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७३ पैसा र बिक्रीदर ३० रुपैयाँ ८९ पैसा छ । बिहीबार खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ११ पैसा थियो । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ७५ पैसा र बिक्रीदर २७ रुपैयाँ ९० पैसा छ । हिजो खरिददर २७ रुपैयाँ ९५ पैसा र बिक्रीदर २८ रुपैयाँ १० पैसा थियो । 

यस्तै आज शुक्रबार कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ९६ पैसा तोकिएको छ । हिजो कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ६० पैसा तोकिएको थियो ।आज बहराइन दिनार १ को खरिददर २ सय ९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३०० रुपैयाँ ९५ पैसा छ । हिजो खरिददर ३ सय १ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ०८ पैसा रहेको थियो । 

शुक्रबार कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०६ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा रहेको छ । बिहीबार वन एक सयको खरिददर १० रुपैयाँ १६ पैसा र बिक्रीदर १० रुपैयाँ २२ पैसा थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 visitors online now
1 guests, 11 bots, 0 members