विद्यार्थीलाई टिप्सः परीक्षाको तयारी कसरी गर्ने ?

रीक्षाका बेला तनावमुक्त हुनुपर्छ । पढेको कुरा पुनःस्मरण गर्नुपर्छ । तर, ‘टुप्पी कसेर’, ‘घुँडा धसेर’ किताब घोक्नु सही विधी होइन ।

तनावमुक्त हुनुपर्छ:

परीक्षाको बेला रातदिन किताव घोक्ने परिपाटी विद्यमान छ । राति अबेरसम्म पढ्ने, बिहान चाँडै उठेर फेरि किताब हेर्ने । अभिभावकले पनि यस्तै अपेक्षा गर्छन्, जो बिद्यार्थीको निम्ति बोझिलो बन्न सक्छ । त्यसैले पढेको बखत बेला(बेला विश्राम लिनुपर्छ । एकछिन बाहिर टहल्ने, खेल्ने वा हल्का मनोरञ्जन लिने गर्नुपर्छ । अझ योग वा प्रणायम गर्न सके सर्वोत्तम हो, यसले मस्तिष्कलाई स्वास्थ्य र चुस्त राख्छ । ध्यान एकाग्र गर्न सहयोग गर्छ ।

तालिका मिलाउने:

रातदिन किताव घोक्नुभन्दा एउटा तालिका तयार गरौं । बिहान कति समय पढ्ने वा बेलुकी कति समय पढ्ने रु सोको निर्धारण गरौं । त्यही अनुसार पढ्ने तालिका बनाउन सकिन्छ । यसले समय(व्यवस्थापन त राम्ररी हुन्छ नै, पढाइको चाप पनि अनुभव हुँदैन ।
लेखेर अध्ययन गर्ने,

पाठ कण्ठ गर्ने वा पाठ बाचन गर्ने शैली त्यती प्रभावकारी मानिँदैन, खासगरी स्मरणका लागि । आफुले पढेको कुरा सम्झन वा बुझ्नका लागि लेख्ने विधी उपयुक्त हुन्छ ।

लेखेको कुरालाई स्मरण गर्न सजिलो हुन्छ । त्यसैले परीक्षाकै शैलीमा प्रश्नोत्तर लेख्ने बिधी अपनाउनु सकिन्छ । यसले गर्दा परीक्षामा लेख्ने अभ्यास पनि हुन्छ र आत्मविश्वास पनि बढ्छ । कुनै पनि पाठ याद गर्नका लागि पुस्तक पढ्ने वा लेख्ने र आँखा चिम्लिएर त्यसलाई मनन गर्ने हो ।

स्वास्थ्यको ख्याल गर्ने:

परीक्षाको तनाव, अनिन्द्रा, खानपानमा अनियमितताको कारण धेरै बिद्यार्थीलाई यसबेला स्वास्थ्य समस्या देखा पर्न सक्छ । त्यसैले परीक्षामा पनि आफ्नो दिनचर्यालाई सन्तुलित राख्ने प्रयास गर्नुपर्छ । सहि समयमा सुत्ने, उठ्ने खाने तालिका अनुसरण गर्नुपर्छ ।
साथसाथै, ताजा खानेकुरा खाने, पर्याप्त पानी पिउने गर्नुपर्छ । किनभने शारीरिक तथा मानसिक रुपमा स्वास्थ्य भइयो भने नै, पढेको कुरा मस्तिष्कले ग्रहण गर्छ । र, त्यसलाई आफुले सरल ढंगमा प्रस्तुत गर्न सकिन्छ ।

केही टिप्स:
– उत्तर लेख्ने भन्दा पनि प्रश्न बनाउने अभ्यास गर्न सकिन्छ । आफैंले प्रश्न बनाएर त्यसको हल गर्ने अभ्यास गरौं ।

– सामूहिक पठन विधी पनि प्रभावकारी हुन्छ । मिल्ने साथीहरुको समूह बनाएर सम्बन्धित बिषयमा तर्क(बितर्क गर्ने अभ्यास गरौं । यसरी प्राप्त गरेको ज्ञान दिगो पनि हुन्छ ।

– पाठ घोक्ने प्रयास नगरौं । बरु पढेको कुरालाई बुझ्ने वा स्मरण गर्ने अभ्यास गरौं ।

– आफूलाई अप्ठ्यारो लाग्ने विषयमा बढी समय दिनुपर्छ र मिहेनत पनि गर्नुपर्छ । तर, त्यसका लागि चिन्तित हुनुपर्दैन । आफूले बुझेको र जानेको कुरालाई राम्ररी प्रस्तुत गर्न सकियो भने काफी हुन्छ ।

– आत्माविश्वासले तपाईको परीक्षामा ठूलो उर्जा मिल्छ । परीक्षासँग डराउने वा हतास हुने होइन, परीक्षालाई अवसरको रुपमा लिनुपर्छ ।

कसरी लेख्दा राम्रो अंक प्राप्त हुन्छ ?

– प्रश्नपत्र हात परेपछि पहिला त्यसलाई ध्यान दिएर पढ्नुपर्छ । अतः त्यसमध्ये आफूलाई सबैभन्दा सजिलो लाग्ने प्रश्नको हल गर्नुपर्छ । यसले आफूमा आत्माविश्वास बढ्छ । बिर्सिएका कति कुराहरु पनि स्मरण हुन्छ ।

– उत्तर लेख्नुअघि प्रश्न दोहोर्‍याएर पढ्ने । प्रश्नको आशय बुझेर मात्र त्यसको जवाफ लेख्नुपर्छ । प्रश्नले के मागेको हो, कति मागेको हो त्यतीमात्र जवाफ दिनुपर्छ । प्रश्न हल गर्दा प्राप्त हुने अंकको आधारमा जवाफ कति गहिराइमा पुगेर दिने हो भन्ने निर्धारण गर्नुपर्छ ।

– प्रश्न बुझेर आफ्नै शैलीमा जवाफ दिने अभ्यास राम्रो हो । यसबाट बिद्यार्थीको बौद्धिक क्षमता मापन हुने हो । रचनात्मक जवाफले नै बढी अंक प्राप्त हुन्छ ।

अभिभावकले उत्प्रेरणा दिने:

परीक्षाको बेला अभिभावकले सहयोगी भूमिका खेल्नुपर्छ । आफ्ना छोराछोरीमाथि बढी अपेक्षा लाद्ने होइन । उनीहरुलाई नतिजामा केन्द्रित गरेर धेरै अंक ल्याउनुपर्छ भनेर दवाव दिनु हुँदैन । बरु, सहज वातावरण तय गरिदिनुपर्छ, जसले उनीहरुलाई कुनै बोझ महसुस नहोस् । छोराछोरीलाई अरुसँग तुलना गरेर मनोबल गिराउने काम गर्नुहुन्न । बरु, पढ्नका लागि प्रेरित गर्नुपर्छ ।

छोराछोरीको स्वास्थ्यमा बढी ख्याल राख्नुपर्छ । उनीहरुलाई सुत्ने, उठ्ने तालिका नियमित गराइदिनुपर्छ । खानपानमा पनि सर्तक हुनुपर्छ ।

edusamachar.com


Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 visitors online now
1 guests, 13 bots, 0 members