निन्द्रा लाग्दैन भने यसो गर्नुहोस

यदि तपाइँ अनिद्रा अर्थात इनसोमेनियाको लामो समयसम्म शिकार हुनुहुन्छ भने यसले तपाइँको उमेर कम गर्न सक्ने कुरा अध्ययनहरूमा देखिएको छ । धेरैजसो मानिसहरू यस्ता पनि हुन्छन जो आफ्नो निद्रा पुरा गर्दैनन र निद्रा लागेपनि काममा लागिनै रहने गर्दछन । मानिसहरूलाइ स्वस्थ रहनका लागी कम्तीमा ६ घण्टाको निद्रा आवश्यक हुने गर्दछ । लामो समय सम्म निद्रालाइ रोकेर राख्नाले तपाइँ अनिद्राको शिकार हुन सक्नुहुन्छ ।

अध्ययनहरूमा के पाइयो भने लगातार निकै समय सम्मको अनिद्राले तपाइँको रगतमा मोटोपनको स्तरलाइ बढाउने गर्दछ । जसले मानिसहरूमा मुटु सम्बन्धी रोगहरूका साथै मधुमेह, क्यान्सर, डिमेन्शिया, मोटोपनका साथै तनाव जस्ता रोगहरूले समात्न सक्दछ । सुत्ने बेला तपाइले आफ्नो वरपरको वातावरणालाइ भने शान्त राख्नु पर्दछ । यदि नजिकको वातावरणमा तिव्र स्वर लगाएतका समस्याहरू छन भने ति कुराहरूलाइ बन्द गरेर आरामसंग सुत्ने कोशिश गर्नु पर्दछ । तपाइँ सुत्ने बिछ्यौना नरम र आरामदायी हुनु पर्दछ । जसले तपाइँ आरामसंग सुत्न सक्नुहुन्छ । किनभने यदि बिछ्यौना कडा भयो भने तपाइँ त्यहाँ आरामका साथमा सुत्न सक्नुहुन्न । जसका कारण तपाइँलाइ अनिद्राको समस्याले समात्न सक्दछ ।

सुत्ने बेला कोठाको बत्ति निभाउनु पर्दछ, किनभने यदि बत्ति बालेर सुत्नु हुन्छ भने आंखा पटक-पटक खुल्ने गर्दछ, जसले तपाइँ राम्रो संग सुत्न सक्नुहुन्न । यसैले अध्यारो कोठामा सुत्ने गर्नाले तपाइँले आरामको निद्रा पाउनु हुन्छ । मानिसहरूले निद्रालाइ धेरैनै महत्व दिनुपर्ने कुरा अनुसन्धानकर्ताहरूले बताएका छन ।

BishwaBandhu Gautam

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 visitors online now
4 guests, 12 bots, 0 members