अब मलेशिया र खाडि मुलुक जान दश हजार तिरे पुग्ने

सरकारले अबदेखि वैदेशिक रोजगारीका लागि मलेसिया र खाडी मुलुक जाने कामदारहरूलाई नि:शुल्क पठाउने निर्णय गरेको छ।

सरकारको निर्णयअनुसार अबदेखि मलेसिया र खाडीका ६ वटा मुलुकमा काम गर्न जाने कामदारले म्यानपावर कम्पनीलाई अधिकतम १० हजार रुपैयाँ सेवा तथा प्रवदर्द्धन शुल्क तिरे पुग्छ। यसअघि सरकारले मलेसिया जाने कामदारसँग ८० हजार र खाडीका मुलुकका लागि प्रतिकामदार ७० हजार रुपैयाँ लिन पाउने नियम बनाएको थियो।

वैदेशिक रोजगारीमा जाने कुल कामदारमध्ये मलेसिया र खाडी मुलुकले ८० प्रतिशतभन्दा बढी हिस्सा ओगट्छन्। मलेसियासहित खाडीका बहराइन, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कुवेत र ओमनमा नि:शुल्क कामदार पठाउने निर्णय गरिएको अन्नपूर्ण पोस्टमा खबर छ।

यसपछि क्रमश अन्य मुलुकमा पनि पैसा नलिई पठाउने तयारी भएको मन्त्रालयले जनाएको छ। नि:शुल्क भिसा र टिकट ल्याएर कामदारसँग चर्को रकम असुली हुने गरेपछि सरकारले निश्चित सेवा शुल्कबाहेक अन्य शीर्षकमा पैसा असुल्न नपाउने व्यवस्था गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

23 visitors online now
7 guests, 16 bots, 0 members