Sun. Jun 16th, 2019

बिपन्न बिरामीलाई सहुलियत उपचार : कुन रोगको लागि कुन अस्पताल ?

सबैको जानकारीको लागी, एक पटक अवश्य सेयर गरौं

सरकारले ८ प्रकारका कडा रोगको उपचारका लागि गरिब तथा बिपन्न बिरामीलाई सहुलियत दिने गरेको छ । तर मुटु र क्यान्सर बाहेकका रोगमा भने सहुलियत लिनेको संख्या ज्यादै कम छ । सरकारले कडा रोगको उपचार गर्नकै लागि भनेर अस्पताल समेत तोकेको छ । कडा रोग भन्नाले क्यान्सर, मुटु रोग, मिर्गौला, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमिया पर्छन् । स्वास्थ्य सेवा विभागको विपन्न इकाइका जनस्वास्थ्य अधिकृत दयाराम न्यौपानेका अनुसार उपचार खर्च अभावमा कुनै पनि नागरिकले ज्यान गुमाउन नपरोस् भनेर उपचारमा सहुलियत र अस्पताल निर्धारण गरिएको हो ।

बिपन्न नागरिक औषधि उपचार कोष निर्देशिकामा प्रस्टसँग सहुलियतबारे उल्लेख छ, तर बिरामीलाई थाहा नहुँदा आर्थिक अभावमा उपचार हुन नसक्दा कतिपय बिरामीले ज्यानै गुमाउनु परेको छ । 

कुन रोगको सहुलियत उपचार कुन अस्पतालमा ?

क्यान्सर रोगको उपचारका लागि– 

१) चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल काठमाडौं ।
२) शिक्षण अस्पताल, महाराजगंज काठमाडौं ।
३) भरतपुर क्यान्सर अस्पताल, चितवन । 
४) क्यान्सर केयर अस्पताल जावलाखेल, ललितपुर ।
५) भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर ।
६) कान्ति बाल अस्पताल, महाराजगंज काठमाडौं ।
७) पाटन अस्पताल, ललितपुर
८) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, सुनसरी 
९) निजामती कर्मचारी अस्पताल (सिभिल) मिनभवन, काठमाडौं । 
१०) प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथली, काठमाडौं ।

प्रसुति गृह थापाथलीमा विशेषगरी महिलालाई हुने क्यान्सर रोगको उपचारका लागि तोकिएको छ । 

मृगौला रोगको उपचारका लागि–

१) वीर अस्पताल, काठमाडौं ।
२) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, सुनसरी ।
३) शिक्षण अस्पताल महाराजगंज, काठमाडौं ।
४) कान्ति बाल अस्पताल, महाराजगंज, काठमाडौं । 
५) पाटन अस्पताल ललितपुर । 
६) जनकपुर अञ्चल अस्पताल, धनुषा ।
७) नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज, पर्सा ।
८) कोशी अञ्चल अस्पताल, धनुषा ।
९) राष्ट्रिय मृगौला उपचार केन्द्र बनस्थली, काठमाडौं ।
१०) मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर ।
११) नेपालगंज मेडिकल कलेज कोहलपुर, बाँके ।
१२) नेपाल मेडिकल कलेज जोरपाटी, काठमाडौं ।
१३) युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस पक्लिहवा, रुपन्द्रेही ।
१४) चितवन मेडिकल कलेज, चितवन ।
१५) कलेज अफ मेडिकल साइन्सेस, चितवन ।
१६) मणिपाल मेडिकल कलेज पोखरा, कास्की ।
१७) वि एण्ड वि अस्पताल ग्वार्को, ललितपुर ।
१८) नेशनल डायलासिस सेन्टर एकान्तकुना, ललितपुर ।
१९) गोल्डेन अस्पताल विराटनगर, मोरङ्ग ।
२०) धुलिखेल अस्पताल, काभ्रेपलाञ्चोक ।
२१) गण्डकी मेडिकल कलेज पोखरा, कास्की ।
२२) आरोग्य स्वास्थ्य प्रतिष्ठान, ललितपुर ।
२३) विराट अस्पताल विराटनगर मोरङ्ग । 

मुटु रोगको उपचारका लागि–

१) वीर अस्पताल, काठमाडौं । 
२) शिक्षण अस्पताल महाराजगंज, काठमाडौं ।
३) पाटन अस्पताल, ललितपुर ।
४) सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारी, काठमाडौं ।
५) मनमोहन कार्डियो भास्कुलर थोरासिक केन्द्र महाराजगंज, काठमाडौं ।
६) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, सुनसरी ।
७) कान्ति बाल अस्पताल महाराजगंज, काठमाडौं ।
८) निजामती कर्मचारी अस्पताल (सिभिल) मिनभवन, काठमाडौं ।

पार्किन्सन्स तथा अल्जाईमर्सका लागि–

१) वीर अस्पताल, काठमाडौं ।
२) शिक्षण अस्पताल महाराजगंज, काठमाडौं ।
३) पाटन अस्पताल, ललितपुर ।
४) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, सुनसरी । 

स्पाईनल ईन्जुरी (टाउको र मेरुदण्डको समस्या) को उपचारका लागि– 

१) वीर अस्पताल, काठमाडौं ।
२) शिक्षण अस्पताल महाराजगंज, काठमाडौं ।
३) पाटन अस्पताल, ललितपुर । 
४) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, सुनसरी । 

सिकलसेल एनिमिया रोगको उपचारका लागि–

१) निजामती कर्मचारी अस्पताल (सिभिल) मिनभवन, काठमाडौं ।
२) उपक्षेत्रीय अस्पताल घोराही, दाङ ।
३) जिल्ला अस्पताल, नवलपरासी ।
४) लम्बिनी अञ्चल अस्पताल बुटवल, रुपन्द्रेही । 
५) जिल्ला अस्पताल, कपिलवस्तु ।
६) भेरी अञ्चल अस्पताल नेपालगंज, बाँके ।
७) सेती अञ्चल अस्पताल धनगढी, कैलाली । 
८) जिल्ला अस्पताल, बर्दिया ।
९) महाकाली अञ्चल अस्पताल महेन्द्रनगर, कञ्चनपुर । 

पायक पर्ने अस्पतालमा शैया नपाएमा वा बिरामी भर्ना हुन नसक्ने भएमा स्वास्थ्य सेवा विभागमार्फत अर्को उपचार सुविधा भएको अस्पतालमा सिफारिस गराउन सकिने समेत व्यवस्था गरिएको छ ।

जनस्वास्थ्य अधिकृत न्यौपानेका अनुसार कडा रोगको उपचारका लागि गरिब वा विपन्नलाई सरकारले १ लाख रुपैयाँ सम्मको निः शुल्क उपचार दिनेछ । तर उपचार नै गर्न नसक्ने अवस्थामा भने ५ लाख रुपैयाँ सम्म दिने व्यवस्था छ । 

ujyaaloonline.com बाट साभार

सबैको जानकारीको लागी, एक पटक अवश्य सेयर गरौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

57 visitors online now
43 guests, 14 bots, 0 members