सूर्योदय– ५:११ बजे, सूर्यास्त– १९:०१ बजे र दिनमान ३४ घडी ५ पला। पञ्चक। व्रत/पर्व -भाैमाष्टमी व्रत, गोरखकाली पूजा, देउपाटनमा त्रिशूलयात्रा, भलभल–अष्टमी, भूमिपूजा, सर्वार्थसिद्धि याेग २७:३१ बजेसम्म।
जय गुरु देव !! जय श्री गणेश !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!
आजको- पञ्चाङ्ग
वि.सं. २०७६ असार १०, मंगलबार,इ.स. २०१९ जुन २५,शकसंवत् १९४१,परिधावी संवत्सर,उत्तरायण, ग्रीष्म ऋतु, ने.सं. ११३९ तछलागा, आषाढ कृष्णपक्ष,अष्टमी, २५:१३ उप्रान्त नवमी, नक्षत्र– उत्तरभाद्रपदा, २७:३१ बजेउप्रान्त रेवती, योग– सौभाग्य, २२:१२ बजेउप्रान्त शोभन, करण– वालव, १२:२३ बजेदेखि कौलव, २५:१३ बजेउप्रान्त तैतिल, आनन्दादिमा सिद्धि योग, चन्द्रराशि– मीन, सूर्योदय– ५:११ बजे, सूर्यास्त– १९:०१ बजे र दिनमान ३४ घडी ५ पला। पञ्चक। व्रत/पर्व -भाैमाष्टमी व्रत, गोरखकाली पूजा, देउपाटनमा त्रिशूलयात्रा, भलभल–अष्टमी, भूमिपूजा, सर्वार्थसिद्धि याेग २७:३१ बजेसम्म।
भोलिको- पञ्चाङ्ग
वि.सं. २०७६ असार ११,बुधबार, इ.स. २०१९ जुन २६,शकसंवत् १९४१, परिधावी संवत्सर,उत्तरायण,ग्रीष्म ऋतु, ने.सं. ११३९ तछलागा, आषाढ कृष्णपक्ष, नवमी, २६:३७ उप्रान्त दशमी, नक्षत्र– रेवती, २९:३२ बजेउप्रान्त अश्विनी,योग– शोभन, २२:२६ बजेउप्रान्त अतिगण्ड, करण– तैतिल, १३:५८ बजेदेखि गर, २६:३७ बजेउप्रान्त वणिज,आनन्दादिमा उत्पात योग,चन्द्रराशि– मीन,सूर्योदय– ५:११ बजे, सूर्यास्त– १९:०१ बजे र दिनमान ३४ घडी ५ पला। पञ्चक।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यास्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,वसायिक यात्रा सम्भावना छ,विभिन्न भौतिक साधन जुट्नेछन्,गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ,आजको शुभ अंक ७ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ, रमाइलो भ्रमण सम्भावना छ,चिताएको काम समेत सम्पादन हुनेछ,पारमा विशेष लाभ लिने समय छ,आजको शुभ अंक १० रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
प्रतिस्पर्धामा पनि विजयी भइनेछ,ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्,चोटपटक लाग्ने,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,आजको शुभ अंक ८ रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सरसफाइ तथा सजावट सम्बन्धी काममा आकर्षित भइनेछ, सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ, मन बलियो भएकोले अरुको विश्वास जित्न सकिनेछ,आजको शुभ अंक ३ रहेको छ ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
महत्वपूर्ण काम बन्नाले हिम्मत बढ्नेछ,भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ,आतिथ्यपूर्ण सम्मान पाइएला,आजको शुभ अंक ९ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अस्वस्थ भइने र सानातिना समस्यामै अल्झिनुपर्ने समस्या आउला,पारिवारिक भेटघाटको समय छ,घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ,आजको शुभ अंक ११ रहेको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ,शरीरमा आरोग्य र स्फूर्ति बढ्नेछ,रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ,उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ,आजको शुभ अंक १२ रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
पढाइलेखाइमा प्रगति हुनेछ,सरकारी कडिकडाउको सिकार भइनेछ,धार्मिक तथा सेवामूलक क्रियाकलापमा मन जाला, रचनात्मक काम सुरु गर्ने मौका छ, लामो यात्राको प्रक्रिया अघि बढ्नेछ,आजको शुभ अंक ५ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
आम्दानी प्रशस्तै बढ्नेछ,विशिष्ट व्यक्तित्वसँग सहकार्य गर्ने मौका छ,नयाँ काम गर्ने मौका छ,संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ,शत्रुहरू किनारा लाग्नेछन्,आजको शुभ अंक ८ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्, विभिन्न सहयोग र उपहार पाइनेछ,आजको शुभ अंक ६ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
अपराह्नदेखि आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्,प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ,आँटले काम लिन नसक्दा पछि परिनेछ, आजको शुभ अंक ५ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्नेछ,नयाँ सवारी साधन प्राप्तिको योग छ,आतिथ्यपूर्ण सम्मान पाइएला,टाढिएका साथीभाइ नजिकिनेछन्,आजको शुभ अंक १ रहेको छ ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)