वार्षिक ६७ खर्बको लागूऔषध कारोबार

सबैको जानकारीको लागी, एक पटक अवश्य सेयर गरौं

काठमाडौं, ३ साउन । अन्तरदेशीय लागूऔषध कारोबारमा वार्षिक ६७ खर्ब नेपाली रुपैयाँ घुमिरहेको छ । त्यो पनि विश्वभर होइन, दक्षिणपूर्वी एशिया, अष्ट्रेलिया, न्युजिल्यान्ड र बङ्गलादेशको बजारबाट हुने कारोबारमा मात्र ।

यो तथ्यांक संयुक्तराष्ट्रसंघले सार्वजनिक गरेको हो । राष्ट्रसंघको अपराध र लागूऔषध कारोबारसम्बन्धि अध्ययन गर्ने निकाय युएनओडिसीले २ साउनमा ३० अर्ब देखि ६१ अर्ब डलर बराबरको रकम घुमिरहेको तथ्यांकसहित प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदनले महिला तथा बालबालिकाको तस्करी र यौन दुव्र्यवहार गम्भीर समस्या बनेको उल्लेख गरेको छ । दक्षिणपूर्वी एशिया र पूर्वी एशियाली देशहरुमा यसले चुनौती बढाएको छ ।


प्रतिवेदनमा भनिएको छ,‘तस्करी र यौन दुव्र्यवहारको शिकार हुनेमध्ये ७० प्रतिशत कम उमेरका केटीहरु छन् ।’

भ्रष्टाचारसँग संगठित अपराधको अन्र्तसम्बन्धबारे प्रतिवेदनमा उल्लेख गरिएको छ । संगठित अपराधको गिरोहले क्यासिनोमार्फत् कालो धनलाई सेतो बनाउने गरेको भनिएको छ ।

व्यापारको शैलीमा संचालित संगठित आपराधिक समूहहरुको गतिविधिको गहिरो अनुसन्धान गरी तयार गरिएको प्रतिवेदनले पाँच वर्ष लगाएर त्यस क्षेत्रको अपराधको विश्लेषण एवं अध्ययन गरेको थियो । ट्रान्सन्यास्नल अर्गनाइजेशन क्राइम इन साउथइष्ट एशियाः इभोलुसन, ग्रोथ एन्ड इम्प्याक्ट नाम दिइएको प्रतिवेदन अवैध लागूऔषधको कारोबार द्रुत गतिमा बढिरहेको उल्लेख गरेको छ ।


अन्तरदेशीय संगठित अपराधले दक्षिणपूर्वी एशियाको आर्थिक वृद्धि र स्थिरतामाथि चुनौती बढाउने भन्दै सुझाव समेत दिएको छ । समयमै विचार गरी समस्याको रणनीतिक सम्बोधन गर्न सुझाव दिएको छ । Cover Photo: Talking Drugs

सबैको जानकारीको लागी, एक पटक अवश्य सेयर गरौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 visitors online now
0 guests, 20 bots, 0 members