वीरगञ्जमा चार प्रदर्शनकारीको मृत्यु

सबैको जानकारीको लागी, एक पटक अवश्य सेयर गरौं

बिरगंज उपमहानगरपालिका–१७ प्रतिमा चोक र श्रीपुर नजिक संयुक्त मधेशी मोर्चाका कार्यकर्ताहरुले प्रहरी टोली माथि ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिने क्रममा भएको झडपमा गोली लागेर पर्सौनी–८ बस्ने २५ बर्षीय दिनानाथ साह, २५ बर्षीय जयप्रकाश साहतेली, मनिहारी बस्ने २५ बर्षीय धर्मराज सिंह र शोभन साहको मृत्यु भएको नेपाल प्रहरीले जानाएको छ ।

झडपमा घाइते भएका उनीहरुको एनएलसि अस्पताल, नेश्नल मेडिकल कलेज र नारायणी उपक्षेत्रीय अस्पताल बिरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । झडपमा परेर घाइते भएका अन्य ६ जनाको अवस्था सामान्य रहेको छ ।
Birganj-2
यसैगरी इलाका प्रहरी कार्यालय नगवा तोडफोड गर्न आएका प्रदर्शनकारीहरुले प्रहरी माथि ढुंगामुढा प्रहार गरेपछि प्रहरीले हवाई फायर गर्दा २ जना प्रदर्शनकारीहरु घाइते भएका छन् । यसैगरी बिरगंज उपमहानगरपालिका–४ नारायणी उपक्षेत्रीय अस्पताल गेट अगाडी प्रदर्शनकारी जम्मा भेला भई प्रहरी टोली माथि ढुंगामुढा गरेपछि भिडलाई तितरबितर गर्ने क्रममा हवाई फायर गर्दा सर्टगनको छर्रा लागेर कम्पाउण्ड भित्र रहेका नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत प्रहरी जवान नरेन्द्र चौधरी ,अस्पतालका सहयोगी बिनोद महतो र ५० बर्षीया आईतबरी देवी सामान्य घाइते भएका थिए ।

यसैगरी बारा कलैया नगरपालिका–६ स्थित भरत चोकमा ५÷६ सय प्रदर्शनकारीहरुले मंगलबार निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरी टोलीले अश्रुग्यास रबर बुलेट फायर गरी तितरबितर पार्ने क्रममा भएको झडपमा रबर बुलेट लागेर घाइते भएका कलैया १० बस्ने हिफाजत मिया अन्सारीको उपचारको क्रममा कलैया अस्पतालमा मृत्यु भएको छ ।

सबैको जानकारीको लागी, एक पटक अवश्य सेयर गरौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

52 visitors online now
36 guests, 16 bots, 0 members