नेपाली फुटबलको शन्देश निकाशका लागि नयाँ नेतृत्वको खाँचो

रोशन पोखरेल, राैतहटroshan
नेपाली जनता पिडै पिडामा रहेका बखत नेपाली युवा फुटबल टिमले बङ्गलादेशमा सम्पन्न बगबन्धु कपको उपाधी जित्दा सम्पूर्ण नेपाली गर्वावन्धित भएका छन। यो वर्षको सुरूवातमै भुकम्पले तहस नहस पारेको नेपालीलाई मधेशमा जारी आन्दोलन एवम भारतिय नाकाबन्दीले मन छियाछिया बनाएको छ। त्यमाथी नेपाली खेलकुद विवादमा पर्दा उन्नती गर्न अग्रसर नेपाली क्रिकेट टिम बारम बार पराजित हुन पुग्यो भने फुटबलका परिचीत खेलाडी मिलेमतोका आरोपमा निलम्बनमा परे जसले नेपाली खेलप्रेमीलाई निराश बनायो। पूराना खेलाडीहरूलाई प्रतिपादन गरि आएका नयाँ अनुहारले नेपालका लागी २३ वर्ष पछि उपाधी भित्राए जसका निम्ती खेलाडीले उत्कृष्ट प्रदर्शन गरे। नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरे पनि गोल गर्न नसक्ने आरोप लागी रहदा नवयुगले प्रतियोगीतामा ४ गोल गर्दै सर्वाधीक गोलकर्ता बने भने विमल र विशालले समेत दुई दुई गोल गर्न सफल रहे। फुटबलमा गोलकिपरको मुख्य भुमीका रहन्छ त्यसमा विकेशले अग्रनी भुमीका निर्भाह गरे। नयाँ नेतृत्वले सफलता दिलाए सरह नेपालको समस्या समाधान हुने आशा आम जनतामा पलाएको छ।देशको नेतृत्व युवाले समाए देशले विकाशको गति समाउने देखिएको छ जसरी नेपाली फुटबलले सफलता दिलाएर देखायो।

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 visitors online now
3 guests, 11 bots, 0 members